लालीबजार’ चलचित्र बन्द गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं,२६ वैशाख । प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । विरोध प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि न्याय नपाएको गुनासो गर्नु भएको छ।

उहाँले भन्नु भयो्, ‘न्यायको लागि न्यायालय गएका हामीलाई न्यायालयले गत २३ गते जुन परिणाम दियो, उच्च अदालतले मुद्दा बन्द नहुँदै पेशी तोक्दा–तोक्दै नजिरमा रहेको केसमा अन्तरिम आदेश दिएर फिल्म चलाउने अनुमति दिइसकेपछि हाम्रो न्याय पैसामा बिक्दो रहेछ भन्ने अनुभूति भयो । सदनमा बसेर माफी माग्ने सरकार आए पनि हामीले न्याय पाउन सकेनौँ, त्यसैले हामी सडकमा छौँ ।’

उहाँले उक्त मुद्दाको आगामी सोमबार पेशी तोकिएको जानकारी दिँदै भन्नु भयो, ‘यो मुद्दा सर्वोच्च अदालतमा छ । छलफलपछि के परिणाम आउँछ, त्यो पछि थाहा हुन्छ । हाम्रो मुद्दा लालीबजार बन्द गर्नका लागि नै हालिएको हो, काटछाँट वा केही दृश्य परिवर्तन गर्ने विषय होइन ।’ निमार्ण टीमले वादी समुदायमा बसेर बनाएको कथा भन्दै प्रचार गरिएकोमा पनि उहाँले आपति जनाउनु भएको छ् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय