अनुसन्धान जारी

एसईईको नतिजाबाट असन्तुष्ट वीरगन्जका एक किशोरद्वारा आत्महत्या

वीरगन्ज,२९ वैशाख । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।

 

पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरा स्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११ः३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए । ‘हामीले सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,’ परिवारका एक सदस्यले भन्नु भयो, ‘कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो, ढोका खोलेर हेर्दा उनले तन्नाको पासो लगाएर प्राण त्यागिसकेका थिए ।’

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन् । शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबाब नदिन र यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय