एमालेमा करिश्मा

मुलुकको सम्वृद्धीका लागी भन्दै अभिनेत्री करिश्मा एमालेमा प्रवेश

 

 

 

काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

मानन्धरसँगै समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् ।

नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए ।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।