दमक/
नेपालको चर्चीत सांगीतक ब्याण्ड नेपथ्य दमक आउने भएको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा यहाँ आयोजीत साङ्गीतिक कन्सर्टमा आफ्नो प्रस्तुती देखाउन दमक आउने भएको हो । दमकमा रहेको धुव्रतारा स्पोर्टिङ क्लवको आयोजनामा हुन लागेको नेपथ्य लाईभ कन्सर्टको तयारीका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । करिव ६० लाख रुपैँया लगानीमा कन्सर्ट सम्पन्न गर्ने र यसबाट करिव ५ देखी ६ लाख रुपैँया बचत गर्ने आयोजकले जनाएको छ । बचत भएको रकमबाट क्लवको निर्माणधिन भवन वा खेलकुद क्षेत्रको प्रर्वधन गर्ने काममा खर्च गरिने क्लवका अध्यक्ष मिन मगरले जानकारी दिनुभयो ।
दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालयमा बैशाख १ गते हुने नेपथ्य लाईभ कन्सर्टको यो पटकको सम्पूणर्को व्यवस्थापन नेपाली टच अष्ट्रेलियाले गर्ने भएको छ । यसकालागि आवश्यक पर्ने सबै प्रायोजक देखी लिएर अन्य सम्पूणर् आर्थीक तथा कलाकारको व्यवस्थपन नेपाली टचले गर्ने छ । अष्ट्रेलियमा इभेन्ट म्यानेजमेण्ड गर्दै आएको सस्थाले यो पटक दमकमा पनि कार्यक्रम गर्न लागेको हो ।
सस्थाका सिइओ राज के गोस्वामी दमक निवासी र ध्रुवतारा स्पोर्टिङ क्लवको सदस्य समेत रहेकोले दमकमा नेपथ्य लाईभ कन्सर्ट गर्न तयार भएको बताइएको छ । लामो समय कोरोना कारण यस्ता साङ्गीतिक कार्यक्रम नभएको र नयाँ वर्षको अवसरमा नेपालकै चर्चित ब्याण्डसँग नयाँ वर्ष मनाउन पाउनु दमकबासीका गौरवान्वीत रहेको नेपाली टचका सिइओ गोस्वामीले बताउनु भयो ।
लाईभ कन्सर्टको प्रवेश शुल्क सबैकालागि समान १ हजार रुपैँया रहेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । यसको पहिलो टिकट धु्रवतारा स्पोर्टिङ क्लवका सस्थापक अध्यक्ष भीमराज चौलागाईले खरिद गरेर सुभारम्भ गर्नु भएको थियो । टिकट दमको मुख्य मुख्य चोक तथा क्लवको कार्यालयमा पनि उपलब्ध हुने जनाइएको छ ।
भिडियो