दमकमा नेपथ्य

दमकमा नेपथ्य साङ्गीतिक कन्सर्ट हुँदै भिडियो सहित

 

 

 

दमक/

नेपालको चर्चीत सांगीतक ब्याण्ड नेपथ्य दमक आउने भएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा यहाँ आयोजीत साङ्गीतिक कन्सर्टमा आफ्नो प्रस्तुती देखाउन दमक आउने भएको हो । दमकमा रहेको धुव्रतारा स्पोर्टिङ क्लवको आयोजनामा हुन लागेको नेपथ्य लाईभ कन्सर्टको तयारीका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । करिव ६० लाख रुपैँया लगानीमा कन्सर्ट सम्पन्न गर्ने र यसबाट करिव ५ देखी ६ लाख रुपैँया बचत गर्ने आयोजकले जनाएको छ । बचत भएको रकमबाट क्लवको निर्माणधिन भवन वा खेलकुद क्षेत्रको प्रर्वधन गर्ने काममा खर्च गरिने क्लवका अध्यक्ष मिन मगरले जानकारी दिनुभयो ।

दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालयमा बैशाख १ गते हुने नेपथ्य लाईभ कन्सर्टको यो पटकको सम्पूणर्को व्यवस्थापन नेपाली टच अष्ट्रेलियाले गर्ने भएको छ । यसकालागि आवश्यक पर्ने सबै प्रायोजक देखी लिएर अन्य सम्पूणर् आर्थीक तथा कलाकारको व्यवस्थपन नेपाली टचले गर्ने छ । अष्ट्रेलियमा इभेन्ट म्यानेजमेण्ड गर्दै आएको सस्थाले यो पटक दमकमा पनि कार्यक्रम गर्न लागेको हो ।

सस्थाका सिइओ राज के गोस्वामी दमक निवासी र ध्रुवतारा स्पोर्टिङ क्लवको सदस्य समेत रहेकोले दमकमा नेपथ्य लाईभ कन्सर्ट गर्न तयार भएको बताइएको छ । लामो समय कोरोना कारण यस्ता साङ्गीतिक कार्यक्रम नभएको र नयाँ वर्षको अवसरमा नेपालकै चर्चित ब्याण्डसँग नयाँ वर्ष मनाउन पाउनु दमकबासीका गौरवान्वीत रहेको नेपाली टचका सिइओ गोस्वामीले बताउनु भयो ।

 

लाईभ कन्सर्टको प्रवेश शुल्क सबैकालागि समान १ हजार रुपैँया रहेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । यसको पहिलो टिकट धु्रवतारा स्पोर्टिङ क्लवका सस्थापक अध्यक्ष भीमराज चौलागाईले खरिद गरेर सुभारम्भ गर्नु भएको थियो । टिकट दमको मुख्य मुख्य चोक तथा क्लवको कार्यालयमा पनि उपलब्ध हुने जनाइएको छ ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको