अर्बौं खर्च भएको रंगशाला गौचरण भएको प्रति दुःख व्यक्त

काठमाडौं,७ जेठ । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष माग गर्नु भएको छ ।

विहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थपलियाले दशौ राष्ट्रीय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गर्नुभयो ।

उहाँले अगाडि भन्नु भयो,‘खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीहरू आज निराश हुन बाध्य छन्। उचित अवसर र वातावरणको अभावमा प्रतिभावान खेलाडीहरू विदेश पलायन हुने क्रम समेत बढ्दो छ। त्यसैले विगत चार वर्षदेखि हुन नसकेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय