प्रहरीका २५ जना नायब उपरीक्षकहरूको काज सरुवा

 

काठमाडौं

नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ । म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ ।

सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योगमा सरकारको चासो छैन्ः अध्यक्ष श्रेष्ठ

काठमाडौँ,९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताउनु भएको छ । मंगलबार नाडा

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले