बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

काठमाडौं,१३ जेठ । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ ।

बैठकमा मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिएको हो ।
उक्त समितिको बैठकमा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले रासायनिक मल आपूर्तिको तयारी समयमै गरिएको स्पष्ट पार्नु भयो । उहाँले सबैभन्दा ठूलो समस्या बजेट व्यवस्थापन रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेण्डर प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिनु भयो ।

उहाँले भन्न्ुा भयो , ‘हामीलाई सबैभन्दा ठूलो समस्या भनेकै बजेटको हो । रासायनिक मलको तयारी हुँदैन भन्दा पनि हामीले ७ महिना अगाडिदेखि नै तयारी गरेका छौं । आउने ८३र८४ को लागि मल हामीले ५ हजार टन आइसकेको अवस्था छ । तयारी हुँदैन भन्ने कुराको मैले क्लियर गराएँ । आउने वर्षका लागि हामीले तोकेको ९५ हजार मेट्रिक टनको टेण्डर नै सकिसकेका छौं ।’
राजभण्डारीका अनुसार आगामी वर्षका लागि ५ हजार टन मल नेपाल भित्रिइसकेको छ भने थप ३० हजार टन मल असार महिनामै आउने जानकारी प्राप्त भएको छ । उहाँले आर्थिक वर्ष सुरु हुनुअघि नै मल आपूर्तिको तयारी गरिसकिएको भन्दै आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायलाई पहल गर्न आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘आर्थिक वर्ष सुरु भएको समेत छैन, ५ हजार टन त आइसकेको छ । ३० हजार टन यो असारमै आउँछ भन्ने हामीले जानकारी प्राप्त गरेका छौं । यसमा अब बजेटको व्यवस्थापन गराउन मान्यज्युहरुलाई पहल गर्न आग्रह पनि गर्छौं ।’
त्यसैगरी कृषि, वन तथा वातावरण मन्त्रालयका कृषि विकास सचिव डा। राजेन्द्र प्रसाद मिश्रले रासायनिक मल व्यवस्थापनमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले नीति निर्माणमा सबै पक्षको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गरेर मल कारोबारमा सहभागी गराउनुपर्ने बताउनु भयो।

उहाँले भन्न्ुाभयो, ‘नीतिको निर्माणमा हामी सबै सँगै छौं । यसमा निजी क्षेत्रलाई पनि समावेश गर्न सक्नुपर्छ । निजी क्षेत्रलाई एउटा राम्रो माहोलमा मलको कारोवारमा सहभागी गराउने वातावरण हामीले बनाउनुपर्छ । यसमा अझै विश्लेषण गरौं, अरु देशहरुको पनि अनुभव लिनुपर्छ ।’
सचिव मिश्रले अन्य देशको अनुभवसमेत अध्ययन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्दै निजी क्षेत्रलाई सहभागी गराउन सार्वजनिक खरिद ऐन संशोधनको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘निजी क्षेत्रलाई यो प्रक्रियामा सहभागी हुने वातावरणका लागि आगामी दिनमा हामी खरिद ऐन संशोधन गरेर अगाडि बढौं भन्ने एउटा अनुरोध गर्न चाहे । मन्त्रालयले आफूसँग भएका सबै विकल्प प्रयोग गरेर काम गरिरहेको छ । प्राविधिक, वित्तीय तथा कूटनीतिक क्षमता प्रयोग गरेर हामी यसमा काम गरिराखेका छौं ।’

मन्त्रालयले प्राविधिक, वित्तीय तथा कूटनीतिक क्षमता प्रयोग गर्दै मल व्यवस्थापनमा काम गरिरहेको पनि उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको