भ्युजको नाममा पत्रकारिताको गिरावट ? , प्रेस काउन्सिल नेपाललले गम्भीर ध्यानाकर्षण

काठमान्डौं,१४ जेठ। पछिल्लो समय नेपाली सञ्चार क्षेत्रमा “भ्युज” र “मोनेटाइजेसन” केन्द्रित पत्रकारिताले गम्भीर विकृति निम्त्याएको भन्दै फेरि एक पटक बहस चुलिएको छ ।

समाचारभन्दा बढी सनसनी, पीडा र भाइरल सामग्री केन्द्रमा राख्ने प्रवृत्तिले पत्रकारिताको मूल धर्म नै कमजोर बनाउँदै गएको सरोकारवालाहरूको भनाइ छ । विशेषगरी सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा समाचारलाई तथ्यभन्दा बढी “कन्टेन्ट” बनाउने होड बढ्दै गएको देखिन्छ । दुर्घटना, मृत्यु, बालबालिका र संवेदनशील घटनालाई समेत भ्युज बढाउने सामग्रीका रूपमा प्रयोग गर्ने प्रवृत्ति चिन्ताजनक बन्दै गएको छ ।

 

पछिल्ला दिनहरूमा देखिएका घटनाहरूमा :अपुष्ट सूचना तत्कालै “ब्रेकिङ” बनाउने,पीडितको पीडालाई सामग्री बनाउने,भिडियो र फोटोमार्फत भावनात्मक शोषण गर्ने,तथ्य जाँचभन्दा पहिले भाइरल बनाउने जस्ता अभ्यास बढ्दै गएको आरोप लागिरहेको छ ।

यसले एकातिर पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाउँदै गएको छ भने अर्को तिर समाजलाई सचेत बनाउने माध्यम हुनुपर्ने पत्रकारिता अहिले कतिपय ठाउँमा भ्युज र पैसा कमाउने माध्यम बन्न थालेको भन्दै आलोचना तीव्र बन्दै गएको छ ।

यस्तो प्रबिधिप्रति पेस काउन्सिल नेपालले बिज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस काउन्सिल नेपाललले पत्रकार आचारसंहिता उल्लंघनको आरोपसहित प्राप्त हुने उजुरी र काउन्सिलको आफ्नै स्वअनुगमनका आधारमा सातवटा मुख्य प्रवृत्ति औँल्याएको छ ।

१। भ्युअर र मोनेटाइजेसन केन्द्रित पत्रकारिता

२। सार्वजनिक निकायमा अमर्यादित व्यवहार

३। पत्रकारमाथि गालीगलौज र धम्की

४। चरित्र हत्या र भ्रमपूर्ण सामग्री

५। अमर्यादित आर्थिक लेनदेन र सम्झौताको दबाब

६। सीमा क्षेत्रमा विदेशी मिडियाको अवैध सक्रियता

७। पत्रकारबीचको आपसी कलह

सत्य र तथ्यको परीक्षण नगरी एक पत्रकारले अर्को पत्रकारका विरुद्ध सञ्चार माध्यम वा सामाजिक सञ्जालमा अभिव्यक्ति दिने प्रवृत्ति ।

काउन्सिलका सह प्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिताको पालना महत्वपूर्ण हुने उल्लेख छ ।

समाचार सामग्रीप्रति चित्त नबुझेमा काउन्सिलमा उजुरी दिने व्यवस्था रहेको भन्दै, समाचार लेखेकै आधारमा पत्रकारलाई मानमर्दन वा धम्की दिनु प्रेस स्वतन्त्रता विपरीत हुने काउन्सिलले प्रस्ट पारेको छ ।

काउन्सिलले पेसागत आचरण कायम राख्न सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत आग्रह गरेको छ ।

यी घटनाले समाजलाई प्रत्रकारीता माथिनै प्रश्नको थुप्रो लागेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको