काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको बताउनु भएको छ ।कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा बोल्दै उहाँले नेपाल प्रहरी लगायत सम्बन्धित निकायसँग समन्वय गर्दै सुरक्षा तथा व्यवस्थापन गरिसेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हामीले हाम्रो पार्टीको तर्फबाट स्वयंसेवक झन्डै २०० जना, नेपाल प्रहरी लगायतका हामीले सबै कोर्डिनेट गर्दै यो सुरक्षाको लागि यहाँका स्वयंसेवक साथीहरूले सबै व्यवस्थाहरू गरिसक्नु भएको छ ।’उहाँका अनुसार महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने विशिष्ट अतिथि, महाधिवेशन प्रतिनिधि, पार्टीका शीर्ष नेतादेखि शुभेच्छुकसम्मका लागि बसाइ तथा प्रवेश व्यवस्थापन गरिएको छ । आगन्तुकका लागि पूर्व र पश्चिम गरी दुईवटा गेटबाट प्रवेशको व्यवस्था मिलाइएको लामाले जानकारी दिनु भयो।
विशिष्ट अतिथिका लागि आवश्यक बसोबास तथा अन्य व्यवस्थासमेत गरिएको र अधिकांश तयारी पूरा भइसकेको उहाँले बताउनु भयो ।लामाले आफू नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेको बताउनु । उनले १५औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिने बताउनु भयो।









