मूल्य समायोजन गर्न निर्माण व्यवसायीहरूको आग्रह

काठमाडौं,१४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटबाट गुज्रिरहेको अवस्था प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । यस विषम परिस्थितिमा निर्माण व्यवसायीहरूले भोग्नुपरेको चरम आर्थिक तथा मानसिक दबाबप्रति महासंघले ऐक्यवद्धता जनाएको छ ।

‘निर्माण उद्योग वर्तमान समयमा इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको अवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषम परिस्थितिमा निर्माण व्यवसायीहरूले भोग्नुपरेको चरम आर्थिक तथा मानसिक दबाबप्रति नेपाल उद्योग वाणिज्य महासंघ पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ,’ महासंघले विज्ञप्तिमा उल्लेख छ ।

महासंघका अनुसार निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ । साथै सरकारले विनियोजन गर्ने पूँजीगत बजेटको झण्डै ८० प्रतिशत खर्च हुने क्षेत्रसमेत निर्माण उद्योग नै रहेको उल्लेख गरिएको छ ।

‘मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २० लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ । सरकारले विनियोजन गर्ने बजेट मध्ये पूँजीगत खर्चको झण्डै ८०५ खर्च गर्ने उद्योगको पनि उद्योगको रुपमा रहेको निर्माण उद्योग इन्धन तथा निर्माण सामाग्रीमा पछिल्लो समय भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण ठप्प भई सप्लाई चेन अवरुद्ध भएर निर्माण उद्योग धराशायी भई मुलुकको समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव परेको छ,’ महासंघले विज्ञप्तिमा उल्लेख छ ।

मध्यपूर्व युद्धअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट १५५ रुपैयाँ पुगेको छ । यस अवधिमा निर्माण व्यवसायीहरूले करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको दाबी गरिएको छ ।

‘मध्यपूर्वको युद्ध अघि फेव्रेवरी १५० डिजेल प्रति लिटर १३९ रहेकोमा हाल प्रति लिटर २२५ र बिटुमिनको मूल्य प्रति के।जी ७५ बाट १५५ पुगिसकेको छ । मूल्यवृद्धिको यस अवधिमा निर्माण व्यवसायीहरूलाई करीब १० अर्ब भन्दा बढी नोक्सानी भइसकेको छ,’ महासंघले विज्ञप्तीमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको