गणतन्त्र दिवसमा खोई प्रधानमन्त्रीको शुभकामना ?मौन प्रधानमन्त्रीले दिएको राजनीतिक संकेत के हो ?

काठमाडौंको टुँडिखेल । देशको सर्वोच्च राजनीतिक, प्रशासनिक र सुरक्षा नेतृत्व एउटै मञ्चमा उपस्थित । राष्ट्रपति, सभामुख, मन्त्री, सांसद, प्रधानसेनापति, उच्च अधिकारी, कूटनीतिज्ञदेखि विभिन्न तहका जनप्रतिनिधिसम्म सहभागी । देशले राजतन्त्रको अन्त्य गरेर जनताको शासन स्थापना गरेको दिनको स्मरणमा भव्य समारोह आयोजना गरिएको थियो । तर, त्यो समारोहमा एउटा कुरा निकै खड्कियो । देशका प्रधानमन्त्री बालेन्द्र शाह मौन देखिनुभयो ।

 

गणतन्त्र दिवस… सिर्फ एउटा औपचारिक उत्सव होइन । यो हजारौं नागरिकको बलिदान, आन्दोलन, आँसु र संघर्षको परिणाम हो । यही व्यवस्थाले आज नागरिकलाई बोल्ने स्वतन्त्रता दियो । निर्वाचित सरकार दियो ।संविधान दियो ।स्थानीय सरकार दियो ।संघीयता, समावेशिता, अधिकार र अवसरको ढोका खोलिदियो ।यही गणतन्त्रले एउटा सामान्य नागरिकलाई देशको प्रधानमन्त्री बन्ने बाटो पनि खोलिदिएको हो ।त्यसैले यस्तो ऐतिहासिक दिनमा देशका प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सन्देश आउने अपेक्षा स्वाभाविक थियो ।विश्वका धेरै लोकतान्त्रिक मुलुकमा राष्ट्रिय दिवसका दिन सरकार प्रमुखले नागरिकलाई सम्बोधन गर्ने, उपलब्धि स्मरण गराउने र भविष्यको दिशा प्रस्तुत गर्ने परम्परा नै छ ।तर नेपालमा त्यो भएन ।प्रधानमन्त्री शाह समारोहमा श्रीमती सविना काफ्लेसहित उपस्थित त हुनुभयो ।तर सम्बोधन नगरी फर्किनुभयो ।अझ चासोको विषय के भने, गणतन्त्र दिवसका अवसरमा उहाँको तर्फबाट कुनै औपचारिक शुभकामना सन्देशसमेत सार्वजनिक भएन ।न प्रधानमन्त्री कार्यालयबाट विज्ञप्ति आयो,

न सामाजिक सञ्जालमा कुनै पोस्ट ।जबकि प्रधानमन्त्री शाह नयाँ वर्ष, बुद्ध जयन्ती, मातातीर्थ औँसीजस्ता अवसरमा फेसबुकमार्फत शुभकामना दिँदै आउनुभएको छ ।तर गणतन्त्र दिवसमा भने उहाँको फेसबुक पनि मौन रह्यो ।प्रश्न उठेको छ,यो केवल छुटेको औपचारिकता हो ?वा सुनियोजित राजनीतिक सन्देश ?प्रधानमन्त्री कार्यालयले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेललाई समारोहमा सम्बोधन गर्न आग्रह गर्दै पत्राचार गरिसकेको थियो ।

राष्ट्रपतिले सम्बोधन गर्नुभयो पनि ।तर यससँगै एउटा स्थापित राजनीतिक परम्परा भंग भयो ।किनकि, विगतमा गणतन्त्र दिवसमा सरकार प्रमुखले राष्ट्रका नाममा धारणा राख्ने अभ्यास रहँदै आएको थियो ।प्रधानमन्त्री शाहले किन बोलेनन् ?किन शुभकामना दिएनन् ?किन यस्तो दिनमा मौनता रोजियो ?यतिबेला यी प्रश्नहरू राजनीतिक वृत्तमा तीव्र रूपमा उठिरहेका छन् ।प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि समारोहमा सहभागी हुनुभएको थियो ।तर उहाँबाट पनि गणतन्त्र दिवसको शुभकामना सार्वजनिक भएन ।उहाँको सामाजिक सञ्जाल पनि आज सुनसान रह्यो ।यद्यपि, रास्वपाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत पोस्टर राख्दै गणतन्त्र दिवसको शुभकामना दिएको छ ।पार्टीका केही नेताहरूले व्यक्तिगत रूपमा शुभकामना व्यक्त गरेका छन् ।तर देशको प्रधानमन्त्री मौन बस्दा त्यसले केवल एउटा ‘पोस्ट’ छुटेको अर्थ मात्र राख्दैन ।यसले राजनीतिक मनोविज्ञान, दृष्टिकोण र व्यवस्थाप्रतिको भावनासम्म संकेत गर्न सक्छ ।किनकि गणतन्त्र केवल सत्ता परिवर्तन होइन,यो नागरिक सर्वोच्चताको घोषणा हो ।र यस्तो दिनमा सरकार प्रमुखको मौनता स्वाभाविकभन्दा धेरै ठूलो प्रश्न बनेको छ । परम्परा तोड्नु र ’क्रमभंगता’ गर्नु आफैमा नराम्रो होइन, यदि त्यसले गतिशीलता दिन्छ भने। तर, जसको जगमा आफ्नो अस्तित्व टिकेको छ, त्यही ऐतिहासिक उपलब्धिलाई नजरअन्दाज गर्नु वा बिर्सिन खोज्नु ’क्रमभंगता’ होइन, ’ऐतिहासिक विस्मृति’ र राजनीतिक अपरिपक्वता बन्न सक्छ।काठमाडौँको सडकबाट सिंहदरबार र बालुवाटारसम्मको यात्रा तय गराउने यो गणतन्त्रप्रति प्रधानमन्त्रीज्यूको यो मौनता— केबल एउटा संयोग मात्र हो कि कुनै नयाँ राजनीतिक कोर्सको संकेत? समयले पक्कै बताउनेछ। तर आज नागरिक सोधिरहेका छन्— “गणतन्त्र दिवसमा खोई प्रधानमन्त्रीको शुभकामना?“

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको

कांग्रेसको १५औँ महाधिवेशन : इतिहास देखि आजसम्म

काठमाडौँ,१८ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार देखि खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र दिउँसो २ बजे सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी