स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

काठमाडौं,१५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘सबै नागरिकलाई गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु । यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छु ।’
उहाँले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिनु भयो ।

रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने उहाँले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो,‘विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको छु । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौं ।’

बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ ।
दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय