बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो :डा।स्वर्णिम वाग्ले

काठमाडौं,१८ जेठ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गर्नु भएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताउनु भएको छ।
उहाँले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताउनु भयो।

अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गर्नुभयो ।
उहाँले भन्न्ुा भयो,‘कसैले गर्न नसकेको आँट यो सरकारले गर्यो भनेर पनि लख्दिनु पर्यो । १५० युनिटको बिजुलीमा कति तिर्नुहुन्छ, पाँच प्रतिशत पनि होइन् । ५० युनिट निशुल्क छ । त्यसमा ट्याक्स जम्मा तीन प्रतिशत हो । बिल ८–९ सय उठ्दा जम्मा २४ रुपैयाँ तिर्ने हो । यहाँ आकाश नै खसेको जस्तो गरेर प्रचार गरेको देख्छु । उर्जा मन्त्रालयको बजेट ८५ अर्ब छ । तीन हजार तिर्दा जम्मा १०२ रुपैयाँ हो । आकाश खस्दैन् । ठूलो लगानी गर्दैछौं । ५० लाखभन्दा मुनीको इभिमा मूल्य घट्दै छ, बजेटमा सानो नोट छुटेको रहेछ ।’

उहाले यस वर्षको बजेट निर्माणमा समय र स्रोत दुवै चुनौतीका रूपमा रहेको बताउनु भयो । चैत्र महिनाको बीचमा सरकारमा आएर जेठमा बजेट ल्याउनुपरेकाले पर्याप्त समय नपाएको उहाँको भनाइ थियो ।
बजेटमा समावेश नभएका धेरै विषयमा समेत छलफल भएको तर पर्याप्त अध्ययन आवश्यक ठहरिएका विषयलाई आगामी वर्षका लागि राखिएको उहाँले बताउनु भयो।
उहाँले भन्नु भयो,‘यसपालीको बजेटमा चुनौती भनेको समय कम थियो र अर्को स्रोतको चुनौती थियो । चैतमा आइयो जेष्ठमा बजेट ल्याउनु पर्यो, समय धेरै पाइएन । बजेट नपरेको कतिपय क्षेत्रहरुमा पनि छलफल नभएको होइन् । कतिपय कुरामा राम्रोसँग अध्ययन नगरी नजाऊ भनेको अर्को वर्षलाई राखिएको छ । पाँच वर्षसम्म केके गर्ने भन्ने छ, अहिले हामीले जग बसाल्ने कुरालाई बढि प्राथमिकता दिएका छौं ।’
अर्थमन्त्री वाग्लेले दुई तिहाइ बहुमतको सरकार भएकाले जनअपेक्षा उच्च रहेको स्वीकार गर्दै स्रोत र क्षमताअनुसार सन्तुलित बजेट ल्याइएको बताउनु भयो।
‘कतिपयले बजेट महत्वकांक्षी छ पनि भन्नु भएको छ । यसवर्ष दुई तिहाईको सरकार छ, अपेक्षाहरु चुलिएका छन् । ३५ प्रतिशत जीडीपी अनुपातमा २५–२६ खर्ब रुपैयाँको बजेट ल्याउन सकिन्थ्यो होला । तर उपलब्ध स्रोत पनि हेर्नुपर्ने हुन्छ । त्यसैले सन्तुलित र तुलनात्मक रूपमा सानो बजेट ल्याएका छौं,’ उहाँले भन्नु भयो।
उहाँले सरकारले ऋणमा आधारित बजेट नल्याएको दाबी गर्दै आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको बताउनु भयो।
वाग्लेले विगतका सरकारबाट सिर्जित खर्बौं रुपैयाँका दायित्व अहिलेको सरकारले पनि वहन गर्नुपरेको उल्लेख गर्दै पुराना योजनालाई बेवास्ता गरेर नयाँ कार्यक्रम मात्र ल्याउन नसकिने बताउनु भयो।

यद्यपि, सीमित स्रोत र दायित्वबीच पनि सरकारले धेरै रूपान्तरणकारी आयोजना र कार्यक्रम बजेटमा समेट्न सफल भएको उहाँको दाबी छ ।
उहाँले भन्नु भयो,‘यसपाली ऋणमा आश्रित होइन् । हाम्रो आन्तरिक स्रोतमा महत्वकांक्षी ढंगले उठाउँछौं भनेका छौं । यो ऋण–ऋण भनेर जुन हाउगुजी सृजना गरिएको छ त्यो भ्रमबाट निस्किनुपर्छ । पुराना दायित्वहरुले पनि हामीलाई थिचेको छ । खर्बौंको दायित्व बोकेका छौं । जनताकै पैसा हो पुरा गर्नुपर्यो । पुराना पार्टीले ल्याएको छाडेर नयाँ–नयाँ गर्दै हिड्ने कुरा पनि भएन । तर पनि त्यो सीमाकाबीच पनि धेरै रुपान्तरणकारी आयोजनाहरु ल्याएको छौं ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते