नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको प्रवेश , सुस्ताको तटबन्ध रोकिएपछि राष्ट्रिय चिन्ता

रूपन्देही \नवलपरासी । ,१८ जेठ ।प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नयाँ तनाव देखिएको छ। नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा भारतीय सशस्त्र सीमा बल एसएसबी पुगेर अवरोध गरेको घटनाले सीमा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

नदी कटानबाट नेपाली बस्ती जोगाउन करोडौं रुपैयाँ खर्चेर निर्माण भइरहेको तटबन्धको काम रोक्न विदेशी सुरक्षाकर्मी नेपाली भूमिमै आएपछि स्थानीय आक्रोशित बनेका छन्। प्रश्न उठेको छ—आखिर आफ्नै भूमिमा विकास निर्माण गर्दा पनि नेपालले अनुमति माग्नुपर्ने हो ?

 

सुस्ता बचाउ अभियान’ का रवीन्द्र जैसवालभन्नुहुन्छ,‘यहाँको बस्ती जोगाउन तटबन्ध सुरु भएको थियो, तर हिजै आएर रोक्न लगाएका छन्,’ ‘हामीले भारतीय डीएमसँग कुरा गरेर काम रोक्दैनौँ भनेका छौँ । सशस्त्र, नेपाल प्रहरीसहित आएर हेरेर जानुभएको छ उहाले भन्नु भयो ।’

 

भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको पनि उहाँको भनाइ छ ।

 

‘हाम्रो तटबन्ध भारतीयले दावी गरेको क्षेत्रभन्दा निकै भित्र हो । तर, पनि रोक्न लगाए । हामीले दुई दिनभन्दा काम रोक्न सक्दैनौ भनेका छौँ,’ जैसवालले भन्नु हुन्छ ।

भूमिको रक्षा गर्न आफूहरु मैदानमै रहेको बताउदै सरकारले कूटनीतिक रुपमा यसको समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

 

‘हामी भारतसँग लड्न चाहेका हैनौं, तर आफ्नो भूमि छाड्ने कुरा भएन, दशकौँदेखि जोतेको क्षेत्रमा तटबन्ध रोक्न पाइदैन,’ उहाँले भन्नु भयो , ‘कि हामीलाई नेपाली होइनौ भन्नुपर्यो, नभए विवाद मिलाउनुपर्यो ।’

 

जैशवालका अनुसार यस विषयमा जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई औपचारिक जानकारी समेत गराइएको छ।

स्थानीयका अनुसार ४०–५० जना भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम रोक्न चेतावनी दिएका थिए। सुस्ता गाउँपालिकाले समेत घटनाको पुष्टि गरेको छ। ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा आएको यो अवरोधले स्थानीयलाई थप चिन्तित बनाएको छ।

वर्षौंदेखि सीमा विवाद, नदी कटान र अतिक्रमणको पीडा खेपिरहेको सुस्ता फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ। नेपाली भूमिको संरक्षणका लागि बनाइएको तटबन्धमै विदेशी हस्तक्षेप हुँदा सरकारको कूटनीतिक क्षमता र सीमा सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

खबरदारी १ सुस्ता केवल एउटा गाउँ होइन, नेपालको सार्वभौमसत्तासँग जोडिएको संवेदनशील भूभाग हो। यदि आफ्नै भूमिमा भइरहेको निर्माण कार्यसमेत विदेशी दबाबमा रोकिने अवस्था सिर्जना हुन्छ भने भोलि सीमा सुरक्षा झन् कमजोर बन्न सक्छ। सरकारले तत्काल कूटनीतिक पहल गर्दै सत्यतथ्य सार्वजनिक गर्न र नेपाली भूमिको रक्षा गर्न दृढ कदम चाल्न आवश्यक देखिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमर्यादित गतिविधि गर्ने सांसदमाथि कारबाहीको तयारी :सभामुख

काठमाडौं,१८ जेठ । सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको छ

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं ,१८ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता

प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई गगन थापाको प्रश्न

रूपन्देही ,१८ जेठ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान

मंगलबारसम्मका लागि बैठक स्थगित

काठमाडौं,१८ जेठ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा

१५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं,१८ जेठ । सोमबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । विपक्षी