चैत १६ गतेदेखि मतपत्र छाप्न शुरू

स्थानीय तह निर्वाचनका लागि २ करोड प्रति मतपत्र छापिने

 

 

 

काठमाडौं

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ । यसपटकको स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ७७ लाख रहेकोमा सो संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्ने तयारी भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगले यसअघि मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको थियो ।

मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि भइसकेको पनि आयोगले जनाएको छ । सहप्रवक्ता अर्यालका अनुसार आयोगले चैत १६ गतेदेखि मतपत्र छाप्न शुरू गर्ने छ । मतपत्र छाप्न चाहिने कागज खरिदको टेन्डर आयोगले एक महिना अघि नै गरेको थियो । आयोगले मतपत्र छपाइका लागि करिब साढे ११ करोड रुपियाँ बराबरको कागज खरिद गर्ने सम्झौता गरेको थियो । आयोगका अनुसार ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपियाँमा कागज खरिद गर्ने सम्झौता गरेको थियो ।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरूको संगठनको चैत ६ गतेसम्म विवरण माग गरेकोमा सोको रुजु भइरहेको पनि प्रवक्ता अर्यालले बताउनुभयो । दलको संख्याको टुंगो लागिसकेको आधारमा मतपत्र छाप्नका लागि आयोगले प्रक्रिया अघि बढाएको हो । निर्वाचनका लागि आवश्यक अन्य ५७ प्रकारका सामग्री पनि चैतको तेस्रो साताबाट प्राप्त हुने आयोगले जनाएको छ । जिल्लामै उपलब्ध हुने १५ प्रकारका सामग्री भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नेछन् ।

त्यसै गरी निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । मतदाता नामावली, परिचयपत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ । यस्तै, मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरूको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता तयारी अवस्थामा राखेको आयोगले दुई सातापछि लागु गर्ने तयारी गरेको छ ।

यसैबीच, बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध आयोगमा रिट परेकोमा सो कार्यान्वयन नगर्न सर्वोच्च अदालतले १५ दिनका लागि अन्तरिम आदेश जारी गरेको छ । सोको टुंगो लागेसँगै आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउनेछ । स्थानीय निर्वाचन आचारसंहिता र उम्मेदवारले गर्ने खर्चमा यसपटक कडाइ गर्ने आयोगले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,