खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन

काठमाडौं,२२ जेठ । नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको शेयर स्वामित्व हस्तान्तरण तथा आगामी सञ्चालन र व्यवस्थापनका विषयमा छलफल गर्न वार्ता समितिको पुनर्गठन गरेको छ । प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित यस समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी र कर भुक्तानी लगायतका महत्त्वपूर्ण विषयमा प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडसँग आवश्यक वार्ता गर्ने जिम्मेवारी पाएको छ ।

 

निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडल अन्तर्गत निर्माण भएको यस आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । विद्यमान सम्झौता अनुसार उत्पादन सुरु भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने भए तापनि विभिन्न प्राविधिक कारणले उक्त प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन ।

 

यसैगरी, प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल, जरिवाना तथा अन्य प्रशासनिक निर्णयहरूसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि अर्को एक समिति पनि गठन गरेको छ । सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा गठित उक्त ’प्रशासकीय पुनरावलोकन समिति’ले प्राधिकरणका प्रशासनिक तथा महसुल सम्बन्धी समस्याहरूको अध्ययन गरी समाधानको पहल गर्नेछ ।

यसका साथै, प्राधिकरणमा हाल रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउन सञ्चालक समितिले विशेष निर्णय गरेको छ । जसअन्तर्गत प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको छ । शाक्यको नियुक्तिले प्राधिकरणको जनशक्ति व्यवस्थापन र पदपूर्ति प्रक्रियामा थप प्रभावकारिता आउने विश्वास गरिएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु