गलामा “भोला_ गुट्खा”को माला लगाउने यी ब्यक्ति को हुन?

झापा दमक,२२ जेठ।, दमकका एक  व्यक्ति दमक चोकमा आज फरक रुपमा भेटिनुभयो ।

गलामा गुट्खा मधु , भोला तथा पराग खाएर फालिएका प्लास्टिकका खोलहरु उनेर माला  माला बनाएर लगाउनुभएको छ ।

 

उहाँको एक हातमा समेत सोही प्रकृतिको माला झुन्डाइएको छ भने अर्को हातमा चाहिँ  प्लास्टिकको गमलामा राखिएको एउटा बिरुवा बोकिएको छ ।

 

यी सामाग्री आफ्नो शरीरमा भिरेर हिड्ने ब्यक्तिको नाम हो गणेश प्रसाद गौतम  । गौतम पेषाले ट्याक्सी चालक हुनुहुन्छ भने सामाजिक सचेतना जगाउन जीवन चक्र समाज नामक सस्था खोलेर विभिन्न अभियान समेत चलाउने गर्नु भएको छ ।

शुक्रबार विश्व वातावरण दिवसको अबसरमा देखिएको यो दृश्यले सबैको ध्यान खिचेको थियो ।

अझ उहाँले लगाउनु भएको टिसर्टमा लेखिएका दुई नारा थप ससक्त सन्देशयुक्त थिए ।

अगाडि लेखिएको थियो ”  प्लास्टिक जन्य सामाग्रीको प्रयोगमा न्यूनीकरण गरौ ” र पछाडी लेखिएको थियो बिरोधका नाममा राके जुलुस र टायर बाल्ने काम बन्द गरौ ।

यी वाक्य लेखेर पैदल हिड्दै दमक परिक्रमा समेत गर्नुभएका गौतम भन्नुहुन्छ “प्लास्टिकले हाम्रो वातावरण धेरै प्रदुषण भएको छ, नागरिक सचेतताकालागी मेरो तर्फबाट हुने योगदान र अभियान आफै चलाएको हु । ”

आज देशभर राज्यका विभिन्न तह र तप्काबाट विश्व वातावरण  सम्बन्धमा भव्य कार्यक्रम गरिएको भएपनी गौतमको अभियानले सबैको ध्यान खिचेको मात्र छैन एउटा ससक्त सन्देश समेत दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित

ओलीको खुला चुनौती : ‘सके छिट्टै अध्यक्षबाट हटाएर देखाउ’

इलाम,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

धरान देखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक वस दुर्घटना

धनकुटा,३१ साउन । धरानवाट तमोर करिडोर हुँदै पाँस्थरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०ः४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना

सुदूरपश्चिममा नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेन

धनगढी ,३१ साउन । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा