थप अनुसन्धान जारी

जग्गा ठगी प्रकरणः मालपोत कार्यालयका कर्मचारीसँग बयान लिँदै

 

 

 

संखुवासभाको भोटखोला गाउँपालिका-४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ।

भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुरीसहितको टोलीले स्थानीयबासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ।

जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिष्ट्रेसन पास गरेपछि आयोगले नायब सुब्बा पराजुलीसँग स्पष्टीकरण माग गरेको हो।

किर्ते कागज गरेर मालपोतका नायब सुब्बा पराजुलीको संलग्नतामा जग्गा रजिष्ट्रेसन पास भएको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको मालपोत कार्यालय संखुवासभाका प्रमुख चन्द्र मिश्रले जानकारी दिए। अख्तियारले लिखित स्पष्टीकरण मागेपछि कार्यालयले लिखित जवाफ पठाइएको मालपोत प्रमुख मिश्रले बताए।

मालपोत कर्मचारीसँग बयान लिइँदै

जग्गा ठगी प्रकरणमा मालपोत कर्मचारीसँग बयान लिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।

मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पालाई पक्राउ गरेको थियो।

किर्ते कागज बनाएर स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा आफन्तको नाममा पास गरेको आरोपमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

वृद्धभत्ताको कागज भन्दै औंठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालियो।

आफ्नो नाममा आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त पास गरिएको विममायालाई पत्तै छैन।

कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरूङको नाममा वारेस पास भएको छ। वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो।

मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई रु २० हजार दिएको पीडितको भनाइ छ।

विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए।

बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीको नाममा रजिष्ट्रेसन पास गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार उनीहरूले अपर अरूण जलविद्युत आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ।

अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल रु एक लाखको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गा धनी विममायालाई रु २० हजारमात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ परेकालाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ।

उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत आयोजना निर्माण क्षेत्रमा रहेको छ।

आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा रु पाँच लाख निर्धारण गरेको छ। भोटखोला गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढी रहेको छ।

मुआब्जा धेरै आउने भएपछि यो अपराध भएको प्रहरीले जनाएको छ।

विममायाको हातमा अहिले बाबुको मृत्युदर्ता प्रमाणसमेत छैन। वडाध्यक्ष भोटेबाटै मृत्युदर्ताको प्रमाण खोसिएको प्रहरीले जनाएको छ।

पीडित विममायाले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा फागुन २२ मा उजुरी दिएकी थिइन्। लगत्तै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानबिन र अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले