पर्यटकीय क्षेत्रको विकास

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पर्यटकहरूको रोजाइमा थुम्केरानी

इलाम/ इलामको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय तहले चासो देखाउन थालेका छन । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि स्थानीय तहले पनि नयाँ नयाँ गन्तव्यको खोजी गर्न थालेका हुन् ।

जसले गर्दा नयाँ पर्यटकीय स्थल समेत आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको देखिन्छ । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल हो, थुम्केरानी । पछिल्लो समय थुम्केरानीमा सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् ।

इलाम सदरमुकाम इलाम बजारबाट सूर्योदय हेर्नको लागि सबै भन्दा नजिक पर्ने भएकाले पर्यटकहरुको पहिलो रोजाई थुम्केरानी बन्दै गएको हो । इलाम बजारदेखि सोयाङ हुँदै नयाँबजारसम्म गाडीबाट १ घन्टामा पुग्न सकिन्छ, थुम्केरानी । नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा पुग्न सकिने भएपनि अहिले थुम्केरानी क्षेत्रमा नै होमस्टे संचालनमा आएका छन् ।

असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्र सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको स्थानीयको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच