क्यूआरमार्फत जरिवाना तिर्न सकिने :चिरीबाबु महर्जन

काठमाडौं,१ असार । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताउनु भएको छ ।

सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिनु भयो ।

उहाँले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताउनु भयो । उहाँले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताउनु भएको हो ।

‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्रहरी प्रमुखज्यूले ट्रि लिफ टेक्नोलोजीका दीपक मल्लसँग सहकार्य गरेर प्रडक्ट हस्तान्तरण भयो । यो सिस्टमले कति काम गर्छ हेर्न बाँकी छ ।’

कुनै जरिवाना तिर्न सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीलाई असहज भएको महसुस भएको बताउँदै उहाँले त्यसको समाधानका लागि ई–चलान प्रणाली ल्याएको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको