जेनजी घाइते युवामाथि झुटा मुद्दा लगाइएको आरोप

काठमाडौं,१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको बताउनु भयो।

खतिवडाले निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको दाबी गर्नु भयो।

उहाँले सरकारले यसअघि झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठाउनु भयो।

सांसद खतिवडाले युवाहरूको त्याग, संघर्ष र समर्थनबिनाको राजनीतिक स्थायित्व

उहाँले भन्न्ुा भयो,‘जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट बनेको दुईतिहाइको सरकारले अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूको घर–घरमा पुगेर पक्राउ पुर्जी जारी गरिरहेको छ । निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने काम भइरहेको छ । काभ्रेको पनौतीमा नयाँ एसपी आएलगत्तै यस्ता गतिविधि बढेको गुनासो आएको छ । सरकारले झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन। युवाहरूको त्याग, संघर्ष र समर्थनबिना यो सरकार अघि बढ्न सक्दैन। त्यसैले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू यथाशीघ्र खारेज गरियोस्।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको