ओझेलमा परेको दलित इतिहास ब्युँताउँदै कालीकोटको ’लुहारेकोट’: पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

कालीकोट, ३ असार । कर्णाली प्रदेशको विकट मानिने कालीकोट जिल्लामा दलित समुदायको गौरवशाली र ऐतिहासिक पृष्ठभूमि बोकेको ’लुहारेकोट’ बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको छ। लामो समयसम्म ओझेलमा परेको यस ऐतिहासिक स्थललाई स्थानीय सरकारले धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गुरुयोजना अघि बढाएपछि यसको महत्व र चर्चा एकाएक चुलिएको हो।

 

कालीकोटको खाँडाचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारको ठीक सिरानीमा अवस्थित लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता, साहस र शासकीय पहिचानको प्रतीकका रूपमा लिने गरिएको छ।

 

सदरमुकामको उच्च भागमा निर्माण गरिएको नयाँ संरचना र वीरता झल्काउने प्रतिमाले स्थानीय इतिहास र प्राचीन संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय अभियन्ताहरू बताउँछन्। सामाजिक अभियन्ता बाले विश्वकर्माका अनुसार लुहार समुदायभित्र पुस्तौँदेखि चल्दै आएको मान्यता र मौखिक इतिहासका आधारमा यस स्थलको वास्तविक नाम ‘लुहारेकोट’ हो। उनले भने, “हाम्रो पूर्खाहरूको ऐतिहासिक पहिचान जोडिएको यस ठाउँलाई राज्यले सम्मानपूर्वक संरक्षण र संवद्र्धन गर्नु सकारात्मक सुरुवात हो।

 

यस्तै, खाँडाचक्र नगरपालिका–२ स्थानिय बासिन्दा भन्छन“यो केवल एउटा भौगोलिक स्थान वा थुम्को मात्र होइन,्,स्थानीय जनश्रुति, मौखिक इतिहास तथा लुहार समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको वंशावलीका आधारमा लुहारेकोट तत्कालीन समयमा लुहार समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित रहेको बलियो प्रमाण हो।”

कसरी सुरु भयो लुहारेकोटको इतिहास?

स्थानीय बुढापाका र वंशावली अनुसार, यस स्थानको इतिहास लुहार समुदायका प्रथम पुर्खा मानिने शान्ति लुवारसँग प्रत्यक्ष जोडिएको छ। स्थानीय जनविश्वास अनुसार शान्ति लुवार नै लुहारेकोटका संस्थापक तथा यस क्षेत्रका प्रारम्भिक शासक थिए।

 

प्राचीन समयमा लुहारेकोटको फेदीमा (हालको मान्म बजार क्षेत्र) लुहार समुदायको एउटा ठूलो र व्यवस्थित बस्ती रहेको थियो। वर्तमान प्रतिमा चोकबाट पूर्वतर्फ लुहारेकोटसम्मको सम्पूर्ण भूभाग प्राचीन कालमा लुहार समुदायकै अधिनमा रहेको मानिन्छ।

 

ऐतिहासिक ढुङ्गाः जहाँबाट हुन्थ्यो न्याय सम्पादन र राज्य सञ्चालन
हाल कालीकोट जिल्ला अदालत तथा जिल्ला समन्वय समितिको कार्यालय रहेको क्षेत्र वरिपरि लुहारहरूको पुरानो मूल बस्ती थियो। उक्त बस्तीभन्दा माथि रहेको एउटा विशाल तथा अग्लो ढुङ्गालाई नै स्थानीयले ‘लुहारेकोट’ भन्दै आएका छन्। स्थानीय जनश्रुति अनुसार, तत्कालीन समयमा शासकहरूले यही विशाल ढुङ्गामा बसेर राज्य सञ्चालन गर्ने, नागरिकहरूका विवादमा न्यायिक फैसला सुनाउने, प्रशासनिक बैठकहरू बस्ने तथा जनसरोकारका विविध विषयमा छलफल गर्ने गर्दथे। यसैकारण यो स्थल तत्कालीन शासन केन्द्रका रूपमा ऐतिहासिक दस्तावेजहरूमा समेत उल्लेख छ।

 

नगरको योजना र भावी पुस्ताको दायित्व
विगतमा राज्यको उपेक्षामा परेको यो ऐतिहासिक सम्पदालाई अहिले स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेको छ। खाँडाचक्र नगरपालिकाले लुहारेकोटको प्राचीन इतिहासको झल्को दिने गरी वीरताको प्रतीकसहित आकर्षक प्रतिमा र पार्क निर्माण गरेको छ।

 

खाँडाचक्र नगरपालिकाका नगरउपप्रमुख गणेशबहादुर शाहीले लुहारेकोटको ऐतिहासिक गरिमालाई बचाउन र यसलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न नगरपालिकाले लगानी बढाएको बताए। उनले भने, “हामीले यसको ऐतिहासिकता मर्न नदिने गरी वीरताको प्रतीक स्वरूप प्रतिमा निर्माण गरेका छौँ। आगामी दिनमा यस क्षेत्रलाई कर्णालीकै एउटा प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।”

 

इतिहासविद् तथा स्थानीय बुद्धिजीवीहरूका अनुसार लुहारेकोट जस्ता मौलिक र उत्पीडित समुदायको इतिहास जोडिएका स्थलहरूको संरक्षण, अध्ययन, अनुसन्धान तथा व्यापक प्रचारप्रसार गर्नु भावी पुस्तालाई आफ्नो वास्तविक जरो र संस्कृति बुझाउनका लागि अत्यन्तै आवश्यक देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साथीको विश्वासदेखि अपहरणसम्म : किशोर अपहरण प्रकरणले दिएको गम्भीर सन्देश

चितवन ,३ असार । चितवनका १६ वर्षीय किशोर रिशव गुप्ताको अपहरण र १८ घण्टामै भएको सकुशल उद्धारले समाजमा बढ्दै गएको अपराधको नयाँ स्वरूप उजागर गरेको

झापा प्रहरीको ’स्वीप अपरेसन’: २ दिनमा ९२ जना पक्राउ

झापा,३ असार ।जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो शाखा

ओझेलमा परेको दलित इतिहास ब्युँताउँदै कालीकोटको ’लुहारेकोट’: पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

कालीकोट, ३ असार । कर्णाली प्रदेशको विकट मानिने कालीकोट जिल्लामा दलित समुदायको गौरवशाली र ऐतिहासिक पृष्ठभूमि बोकेको ’लुहारेकोट’ बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको

रोजगारी सिर्जना र प्रवद्र्धन साझा उद्देश्य रहेको श्रममन्त्री यादवको धारणा

काठमाडौं,३ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन

मन्त्री यादवको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

काठमाडौं,३ असार । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।