४० दिने म्यादी प्रहरीप्रति युवाहरूको बढ्दो आकर्षण

म्यादी प्रहरीमा आकर्षणः ३७ सयको कोटामा १० हजार बढीको आवेदन

विराटनगर  म्यादी प्रहरीमा भर्ना हुन मोरङमा युवाहरूको आकर्षण बढेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा ३ हजार ७ सय २७ जना म्यादी प्रहरीको माग गरिएको छ । आवेदन फारम भर्ने समय सकिँदा मोरङमा १० हजार १ सय ३४ जनाले म्यादी प्रहरी बन्नको लागि आवेदन दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

आवेदन दिनेमा महिलाभन्दा पुरूषभन्दा बढी रहेका छन् । ७ हजार ८ सय १ पुरुष र २ हजार ३ सय ३३ महिला रहेका छन् । चैत ६ देखि ११ गतेसम्म आवेदन खुल्ला गरिएको समयमा जिल्ला प्रहरी कार्यालय मोरङमा आवेदन दिन जानेको भीड लागेको थियो । आवेदन दिनेहरूको परीक्षा चैत १५ देखि २१ गतेसम्म रहेको मोरङ प्रहरीले जनाएको छ ।

आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत २० देखि २५ वर्षका युवाहरू रहेका छन् । एसईई दिएका, पूर्वम्यादी प्रहरी, भूतपूर्व सेना–प्रहरीलगायतले आवेदन दिएका छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त बुझाउन सक्ने प्रावधन रहेको छ ।

बेरोजगारीको सङ्ख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ । म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूले घरपरिवार पालन–पोषणका लागि आउने गरेको बताएका छन् । ४० दिने म्यादी प्रहरीप्रति युवाहरूको बढ्दो आकर्षणले एकातर्फ उनीहरूको प्रहरी बन्ने सपना पूरा गर्दैछ भने अर्कोतर्फ मुलुकमा व्याप्त बेरोजगारीको डरलाग्दो दृश्य देखाइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको