राष्ट्रिय परिचयपत्र अनलाइन डाउनलोड, नागरिकलाई ठूलो राहत

काठमान्डौं ,५ असार ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लामो समयदेखिको प्रतीक्षा अन्त गर्दै नागरिकहरू आफैँले अनलाइनबाटै परिचयपत्र डाउनलोड गर्न मिल्ने  सेवा परीक्षणका रूपमा सुरु गरेको छ।

समस्याको समाधान यसअघि परिचयपत्रको नम्बर पाएर पनि भौतिक कार्ड प्रिन्ट हुन महिनौँ वा वर्षौँ लाग्ने गर्दा नागरिकहरूले राहदानी  बनाउन वा अन्य सरकारी सेवा लिन सास्ती बेहोर्नुपरिरहेको थियो। अब यो डिजिटल कार्डले भौतिक कार्डकै सरह मान्यता पाउनेछ।

डाउनलोड गर्ने प्रक्रिया परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले विभागको वेबसाइटमा गएर आफ्नो नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी भएको मिति प्रविष्ट गरी प्रमाणीकरण भएपछि फोटो र क्युआर  कोडसहितको परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

सुरक्षा र रुजु नयाँ कार्डमा सुरक्षित क्युआर कोड राखिएको छ। सरकारी कार्यालय, बैंक वा अन्य सार्वजनिक निकायहरूले सेवा प्रवाह गर्दा उक्त कोड स्क्यान गरेर राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीबाट सिधै विवरण रुजु गर्न सक्नेछन्।

यसले नक्कली कागजातको जोखिम पूर्ण रूपमा नियन्त्रण गर्ने विभागको दाबी छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको