माओवादी अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

dahal-and-china-fm-2732022083249-1000x0

 

 

 

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङलाई अध्यक्ष दाहालसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत सहभागी थिए ।

यसअघि उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । शीतल निवासमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।उनी आइतबार दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत