महिलाहरु सीप सिकेर आत्मनिर्भर

झापामा तीन महिने सिलाई कटाई सम्बन्धी प्रशिक्षण उद्घाटन

IMG_20220327_0329131648341113 (1)

 

 

 

झापा ____झापा महिलाहरूलाई आत्मनिर्भर बनाउने उदेश्य अनुरुप सिलाई कटाई सम्बन्धी प्रशिक्षण दमक नगरपालिका वडा नं ७ मा गत चैत्र ६ गते औपचारिक रुपमा उद्घाटन भएको छ।

प्रदेश १ की समानुपातिक  सांसद इन्दिरा राईको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत क्षेत्रको कोष स्वीकृत योजनाद्वारा सञ्चालित महिला शसक्तीकरण सिलाई सम्बन्धी प्रशिक्षण एबं तालिम कार्यक्रम दमक नगरपालिका  वड़ा. न.७ का वडा अध्यक्ष भिम पौडयालको सभापतित्वमा उद्घाटन गरिएको हो।

मुख्यत महिलाहरुलाई  सीप सिकेर आत्मनिर्भर बनाउने  उदेश्यका साथ ल्याईएको उक्त तिन महीने सिलाईकटाई प्रशिक्षण  कार्यक्रममा ४० जना महिलाहरुले प्रशिक्षण लिईरहेको  उनकी कान्छी छोरी  सुपुत्री  सेलिना राईले बताएकी छन ।
सांसद इन्दिरा राई रा.प्र.पा पार्टीको समानुपातिक तर्फबाट सांसद बनेपनी उनले दमक सिमानामा पर्ने कमल गाँउपालिकाका  लगाएत स्थानीयवासीहरु समक्ष सकारात्मक र जनताका पक्षमा काम गर्दै आईरहेकी छिन।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको