गोल्डकप

१२औँ इटहरी गोल्डकप १९ चैतबाट

 

 

 

इलाम  : १२औँ संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा औपचारिक जानकारी गराएको हो। इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्। प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने आयोजक क्लबका सदस्य कोवितजंग कार्कीले जानकारी दिए।

चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलइडी टिभी हात पार्नेछ। प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका संयोजक अनुरोध थापाले जानकारी दिए।

प्रतियोगितालाई कन्ट्रोल लुबरिकेन्टले मुख्य प्रायोजन गरेको छ। इटहरी नगरपालिकाले प्रतियोगिताको संयोजन गरेको हो। यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो। प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले