"बहुमूल्य धातु पुल्ली उत्खनन्"

बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जना पक्राउ

खोटाङ/ खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका ९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् । बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान सेतो कालो पाटे पुलि, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Share: