दुर्घटना

झापा र मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

 

 

झापा /

झापा र मोरङ भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  झापाको बुद्धशान्ति गाउँपालिका १ मा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका ४ का २५ वर्षीय अञ्जन फागोको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका १ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोकिदा घाइते भएका मोटरसाइकल चालक मोरङ टंकिसिनवारीका २५ वर्षीय किशोरकुमार माझीको उपचारको क्रममा विराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ

मुलुक चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं ,१६ जेठ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । नेपाल जग्गा तथा आवास

बजेटमा पर्यटन स् ‘विवाह गन्तव्य’देखि ‘डाँफे रुट’ निर्माणसम्मको योजना

काठमाडौं,१६ जेठ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका लागि देशका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा हिमाली क्षेत्रलाई