कृषि गणना

झापामा कृषि गणनाको लागि सुपरिवेक्षक र गणक गरी १६६ जना खटाइने

झापा/ झापाका १५ वटै पालिकामा कृषि गणनाकोलागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको छ ।

कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना गर्न लागेको हो । सोही अनुसार कृषि गणनाकालागि झापामा चैत १ गते जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको थियो ।

कृषि गणना कार्यालयले सोमबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजना गरेको कृषि गणना सचेतना सम्बन्धी गोष्ठीमा कृषि गणना अधिकृत चूडामणि लुइटेलले जिल्लामा ३३ जना सुपरिवेक्षक र १३३ जना गणक खटाउन लागेको बताए । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा ९ हजार ४ सय कृषि परिवार रहेको छ ।

सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडामा ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउने लागिएको उनले बताए । करारमा नियुक्ति भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि बैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलो पठाइनेछ ।

कृषि मन्त्रालयले आगामी १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भन्ने उद्देश्यले पनि गणना गर्न लागेको उनको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।