कृषि गणना

झापामा कृषि गणनाको लागि सुपरिवेक्षक र गणक गरी १६६ जना खटाइने

झापा/ झापाका १५ वटै पालिकामा कृषि गणनाकोलागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको छ ।

कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना गर्न लागेको हो । सोही अनुसार कृषि गणनाकालागि झापामा चैत १ गते जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको थियो ।

कृषि गणना कार्यालयले सोमबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजना गरेको कृषि गणना सचेतना सम्बन्धी गोष्ठीमा कृषि गणना अधिकृत चूडामणि लुइटेलले जिल्लामा ३३ जना सुपरिवेक्षक र १३३ जना गणक खटाउन लागेको बताए । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा ९ हजार ४ सय कृषि परिवार रहेको छ ।

सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडामा ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउने लागिएको उनले बताए । करारमा नियुक्ति भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि बैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलो पठाइनेछ ।

कृषि मन्त्रालयले आगामी १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भन्ने उद्देश्यले पनि गणना गर्न लागेको उनको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।