खानेपानी आयोजना

जोखिम आँकलन नगरि खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको पाइप बिछ्याउँदा समस्या

खोटाङ/ खोटाङको हलेसी क्षेत्रमा खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको पाइप जोखिम आँकलन नगरि खोलामा बिछ्याइएको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको पाइपलाई निर्माण कम्पनीले भलबाढीबाट क्षति पुग्नसक्ने खतरालाई आँकलन नगरि खोलामा राखेको पाइएको हो ।

निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा रहेको महादेवबेसीबाट दूधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको पाइप महादेव खोलैखोला असुरक्षित तरिकाले राखेको हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका वडाध्यक्ष रमेश राउतले बताउनुभयो ।

खोलामा लडाएर राखिएको पाइप वर्षामा आउने भलबाढीले क्षति पुग्ने खतरा देखिएको छ । निर्माण कम्पनीले खानेपानीको पाइपलाई जमिनमाथि उठाउने पिलर पनि राखेको छैन। खोलामा लडाएर राखिएका कारण सामान्य भलबाढीले पनि पाइपमा खिया लाग्न सुरु भइसकेको छ ।

स्थानीय महादेव खोला र ढुँडी खोलामा भलबाढीले भेट्नेगरी करिब साढे ३ किलोमिटर पाइप जमिनमा लडाएर राखिएको छ । खोलाभन्दा २० मिटरमाथिबाट पाइप राख्न आवाज उठाउँदै आएको भए पनि सुनुवाइ नभएको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा