मेची पेट्रोलियम डिलर्स एशोसिएशन

चैत २० गतेदेखि पेट्रोल पम्प र एलपी ग्यास बिक्री बितरण बन्द गर्ने पेट्रोलियम व्यवसायीको चेतावनी

झापा/ मेची पेट्रोलियम डिलर्स एशोसिएशनले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगममा पेस गरेको माग र माग पुरा गराउन घोषित आन्दोलनका कार्यक्रम प्रति ऐक्यबद्धता जनाएको छ ।

एशोसिएशनले झापाका प्रमुख जिल्ला अधिकारी र नेपाल आयल निगम चारआली डिपोका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन गर्न माग गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्मालाई ज्ञापन पत्र बुझाइएको मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नवीन कोइरालाले जानकारी दिए ।

अध्यक्ष कोइरालाले ब्यवसायीहरुको मागको सम्बोधनमा सम्बन्धित पक्षले चासो नदिँदा गम्भीर समस्या भोग्नुपर्ने अवस्थाको सिर्जना हुने चेतावनी दिएका छन् । नेपाल एलपि ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सम्बद्ध राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगम समक्ष तत्काल पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेको छ ।

समन्वय समितिले आयल निगमको एलपीजी र विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन र संशोधन गर्नुपर्ने, यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडा दर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत लागू गर्न, निगमद्वारा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार यथाशीघ्र लागू गर्न माग गरिएको छ ।

समन्वय समितिले प्रस्तुत गरेका माग पुरा नभएसम्म चैत २० गतेबाट देशव्यापी रुपमा एलपी ग्यास उद्योग र ग्यास विक्रेताहरूले ग्यास, पेट्रोलियम ढुवानी टैंकरहरुले ढुवानी तथा पेट्रोलियम विक्रेताहरूले विक्री स्थल एवं पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको बताइएको छ ।

आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन एशोसिएशनले विभिन्न दबाब मूलक कार्यक्रम गरिरहेको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको