एक विप्पन्न परिवारको कथा

‘अन्तिम शास नेपाली नागरीक भएर फेर्न पाउँ’

गरीबको पीडा कसैले सुनेन। तिर्खाएको मानिसले पानी खोजेजस्तै हामीले सरकार खोज्यौँ, तर सरकारले कहिल्यै हाम्रो आवाज सुनेन।’

दमक, ४ साउन । यो कुनै दशकौँ पुरानो कथा होइन। यो अहिलेको नेपाल हो। विकसित सहरको चर्चा भइरहेका बेला झापाको दमक–८ मा एउटा परिवार अझै पनि वर्षौंदेखि अन्धकार, अभाव र राज्यको बेवास्ताबीच बाँच्न बाध्य छ।

दमक ८ महतो परिवारको घर भन्नु एउटा सानो झुपडी मात्रै हो। त्यही खाना पकाउने ठाउँ अनी त्यही सुत्ने ठाउँ। वर्षा लाग्दा छाना चुहिन्छ, घाम लाग्दा त्यही छाना तापिन्छ। न पानी रोक्ने क्षमता छ, न घाम छेक्ने। अरूका लागि गर्मीमा पंखा र जाडोमा हिटर आवश्यक हुन्छ, तर यो परिवारका लागि त्यस्ता सुविधा कल्पनाभन्दा पर छन्।

 

घरमा बिजुली छैन। साँझ परेपछि टुकीको मधुरो उज्यालोले नै उनीहरूको संसार बन्छ। धेरैजसो रात उनीहरू सडकबत्तीमुनि बसेर खाना खान बाध्य हुन्छन्।

यो परिवारमा वृद्ध दम्पती र बालबालिका पनि छन् । वृद्ध बुवा र आमा बिहानैदेखि छुट्टाछुट्टै ठाउँमा प्लास्टिकका बोतल, कागज र कबाडी सामग्री संकलन गर्न निस्किन्छन्। दिनभरि दुःख गरेर बेलुकाको छाक टार्ने संघर्ष उनीहरूको दैनिक नियति बनेको छ।

उनीहरूको एउटी छोरी हुनुहुन्छ बसन्ती महतो । दिनभर घाममा चिया बेचेर आफ्नो सानो छोराको पढाइ खर्च जुटाउँछिन्। विवाह त भयो, तर नागरिकताको अभावले उहाँको जीवनमा अर्को पीडा थपियो। न आफ्नै नागरिकता सहज रूपमा बनाउन सकिन्, न आफ्नो छोराको जन्मदर्ता नै ।

जब विद्यालयले छोराको जन्मदर्ता माग्यो, उनी पटक–पटक वडा कार्यालय जानुभयो । धेरै ढोका ढकढकाउनु भयो । धेरैलाई आफ्नो पीडा सुनाउनु पनि भयो । तर उहाँले सहयोगभन्दा बढी बेवास्ता र अपमान महसुस गरिन्।

यही निराशाका बीच एउटा आशाको किरण बन्यो अर्को वडा । दमक–९ का वडाध्यक्ष कुवेर भट्टराईले उहाँको छोराको जन्मदर्ता बनाउन सहयोग गर्नुभयो । त्यसपछि मात्रै छोरोले विद्यालयमा भर्ना पायो ।

तर समस्या यतिमै सकिएको छैन। यो परिवारको सबैभन्दा ठूलो पीडा नागरिकता हो। नागरिकता नहुँदा उनीहरूले बिजुली जोड्न सकेका छैनन्। सरकारी सेवा लिन पाएका छैनन्। आधारभूत अधिकारबाट समेत वञ्चित छन्। वृद्ध बुवा भावुक हुँदै आफ्‌नो पीडा सुनाउनु हुन्छ

“मेरो जन्म गौरिगञ्जमा भएको हो। करिब १५ वर्षको उमेरमा दमक आएँ। त्यसयता सरकारका धेरै कार्यालय धाएँ। धेरैलाई गुहारेँ। तर गरीबको पीडा कसैले सुनेन। तिर्खाएको मानिसले पानी खोजेजस्तै हामीले सरकार खोज्यौँ, तर सरकारले कहिल्यै हाम्रो आवाज सुनेन।’

यति धेरै वर्ष बितिसक्दा पनि महतो परिवारमा केही फेरिएको छैन। न कथा बदलिएको छ, न अवस्था। बुढेसकाल सम्मपनि एउटै इच्छा छ  नेपालको नागरीक भएर देह त्याग गर्ने ।

दमक–८ को यो झुपडीभित्र बस्ने परिवारले वर्षौँदेखि सरकार खोजिरहेको छ। तर उनीहरूलाई अझै पनि सरकार भेटेका छैनन ।

सायद, उनीहरूको सबैभन्दा ठूलो सपना घर होइन, सम्पत्ति होइन—एउटा नागरिकको पहिचान र सम्मानका साथ बाँच्न पाउने अधिकार मात्रै खोजीरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न