घटनाबारे अनुसन्धान जारी

नोबेल मेडिकल कलेजका डाक्टर यादव मृत भेटिएपछि ४ पक्राउ

Dr_Bijaya_Yada_gALzPJ7BrU

 

 

 

 

 

विराटनगर कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा तीन वर्षदेखि कार्यरत चिकित्सक विजय यादव शनिबार डेराको गेटमा मृत अवस्थामा फेला परेका छन् । उनलाई बाहिर हत्या गरी त्यहाँ ल्याएर फालिएको हुन सक्ने अनुमान गरिएको छ ।

मृतको मुख र नाकबाट रगत निस्कनुका साथै छाती, ढाड, हात र खुट्टामा चोटपटक छ । सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रष्ठले बताए । सप्तरीको भवानीपुर खुरखुरियाका यादव शुक्रबार मोरङको कटहरीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सहभागी भएर साँझ ५ बजे फर्केको अस्पतालका निर्देशक नारायण दाहालले बताए । उनी अस्पतालकै गाडीमा फर्केर अस्पतालको गेटमा उत्रिएका थिए । त्यहाँबाट विजयको डेरा करिब डेढ सय मिटरपूर्वमा छ ।

शिविरबाट फर्केपछि यादव अस्पतालमा हाडजोर्नीसम्बन्धी उपकरण सप्लाई गर्ने जीवन कठेत र अर्का साथी सुदीप पौडेलसँग एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । प्रहरीले कठेत र पौडेललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

होटलमा बसेर खानपिन गरेको र आफूहरू तीनै जना एउटै स्कुटर चढेर ११ बजे राति विजयलाई उनको डेरा नजिक पुर्‍याएर फर्केको उनीहरूको दाबी छ । उनी अस्पताल अगाडि नहर पूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए । होटलमा बस्दा विजयको मोबाइलले तीन जनाको भिडियो खिचेको थियो । त्यो भिडियो माग्न राति १२ बजेपछि विजयलाई फोन गर्दा उनको फोन नउठेको कठेत र पौडेलको भनाइ छ ।

मृत फेला परेका यादवको एउटा खुट्टामा जुत्ता र अर्को खाली थियो । घटनास्थलको प्रत्यक्षदर्शी तथा यादवको मामा उपेन्द्रका अनुसार घरको गेट अगाडि महिलाका जुत्ता चप्पल, डेरा जाने सडक, नहरको डिल र त्यहाँको मिथिला फार्मेसी अगाडि रगतका टाटा थियो । उक्त फार्मेसीका सञ्चालक राजेश यादवलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । यादवसँग ६ महिना पहिला झगडा गर्ने नोबेलकै बबी यादव नामले चिनिने चिकित्सकलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

‘विजय शुक्रबार राति कोठामा पुगेको देखिँदैन,’ उनका दाजु हिरा यादवले भने, ‘उनको कोठा खोलिएको छैन, गोजीमा मोबाइल जस्ताको तस्तै छ ।’ उनले वास्तविकता बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन् । मोरङ प्रहरीले घटना स्थलमा परिचालन गरेको कुकुरले शव सुँघेर दक्षिणमा रहेको नहर छेउको बाँसघारी हुँदै पूर्वतर्फको कञ्चनबारी चोक पुगेर फर्केर तृष्णा होटलसम्म पुगेको थियो । स्थानीयका अनुसार शुक्रार राति ११ बजेपछि विजयको डेरादेखि ५० मिटर उत्तर र ५० मिटर पूर्वतर्फ केही युवाहरूको ग्याङफाइट भएको थियो । केहीबेरसम्म झगडा भएको र त्यसपछि भागाभाग भएको थियो । स्थानीयका अनुसार विजयलाई त्यही कुटपीट गरेर घरको गेटभित्र लडाएर भागेका हुन सक्छन् ।

प्रवक्ता डीएसपी श्रेष्ठले प्रहरी दोषीको नजिक पुगिसकेको र चाँडै वास्तविकता बाहिर आउने बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । बंगलादेशबाट एमबीबीएस गरेका मृतक २७ वर्षीय यादव अविवाहित र घरका एक्ला छोरा थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन