झापामा आगलागी हुदा तीन घरमा पुर्ण क्षती

प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

बिर्तामोड , १४ साउन |  झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ४ बजेर १५ मिनेटमा गणेश पोख्रेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी र शनिश्चरे बेस क्याम्पबाट प्रहरी टोली परिचालन गरिएको थियो।

बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो बिहान ५ बजेर ४० मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

आगलागीबाट गणेश पोख्रेल, तारा आर्याल र सुन्दर राजवंशीका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस्तै भरत पोख्रेल र सारदा राजवंशीका घरमा आंशिक क्षति पुगेको छ भने दीपेन्द्रकुमार वलीको घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति भएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको आर्थिक क्षतिको विवरण भने अझै खुल्न बाँकी रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने

लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा