झरीपछि खुलेको इलाम : चियाबारीमा थपियो प्राकृतिक रौनक

इलाम ,असोज १०। लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ ।
लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसहित चियाबारी क्षेत्रको दृश्य झनै मनमोहक देखिएको छ ।
वर्षाले भिजेका हरिया चियाबारी, डाँडाकाँडा र खुलेको आकाशले इलामको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।

केही दिनदेखि लगातार वर्षाका कारण धुम्मिएको वातावरण घाम लागेसँगै खुलेपछि स्थानीयवासी तथा आगन्तुकले समेत खुलेको मौसमको आनन्द लिएका छन् । वर्षापछिको स्वच्छ वातावरणमा हरियालीले ढाकिएका चियाबारी र खुलेका डाँडाकाँडाको दृश्यले इलामको प्राकृतिक सुन्दरतामा थप रौनक ल्याएको छ । अहिले इलामको मौसम र चियाबारीको मनमोहक दृश्यले जो–कोहीको ध्यान खिचिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पश्चिम नेपालमा आज पनि भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम खुल्ने

काठमाडौं , असोज १०। देशका विभिन्न भू–भागमा आज पनि वर्षा भइरहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले

मोरङ सीमाबाट १३ लाख बढीको अवैध सामानसहित अटो नियन्त्रणमा

विराटनगर , असोज १०। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्रीहरू सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा इलाकाबाट बरामद गरेको

पश्चिम नेपालमा अति भारी वर्षा : बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ , असोज १०। नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

विराटनगर , असोज १०। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ

झरीपछि खुलेको इलाम : चियाबारीमा थपियो प्राकृतिक रौनक

इलाम ,असोज १०। लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको

काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने ६३ सवारीमाथि कारबाही

काठमाडौं , असोज १०। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार