बाढी पूर्वानुमान महाशाखाको चेतावनी : नारायणी र दरमखोला सतर्कता तहमाथि, नदी किनार नजान आग्रह

काठमाडौं , असोज १०। नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः५० बजेसम्म नारायणी नदीको देवघाट र दरमखोलाको वामीटक्सारस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपास तथा विगतमा डुबान हुने गरेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।महाशाखाले आज बेलुकीसम्म नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी किनारमा नजान र सम्भावित जोखिमप्रति सचेत रहनसमेत आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पश्चिम नेपालमा आज पनि भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम खुल्ने

काठमाडौं , असोज १०। देशका विभिन्न भू–भागमा आज पनि वर्षा भइरहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले

मोरङ सीमाबाट १३ लाख बढीको अवैध सामानसहित अटो नियन्त्रणमा

विराटनगर , असोज १०। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्रीहरू सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा इलाकाबाट बरामद गरेको

पश्चिम नेपालमा अति भारी वर्षा : बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ , असोज १०। नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

विराटनगर , असोज १०। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ

झरीपछि खुलेको इलाम : चियाबारीमा थपियो प्राकृतिक रौनक

इलाम ,असोज १०। लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको

काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने ६३ सवारीमाथि कारबाही

काठमाडौं , असोज १०। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार