बाढी पूर्वानुमान महाशाखाको चेतावनी : नारायणी र दरमखोला सतर्कता तहमाथि, नदी किनार नजान आग्रह

काठमाडौं , असोज १०। नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः५० बजेसम्म नारायणी नदीको देवघाट र दरमखोलाको वामीटक्सारस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपास तथा विगतमा डुबान हुने गरेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।महाशाखाले आज बेलुकीसम्म नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी किनारमा नजान र सम्भावित जोखिमप्रति सचेत रहनसमेत आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा