गुल्मीको भार्सेमा १२ घण्टामा ११४ मिलिमिटर वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं , असोज १०। पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार हाज बिहान ६ः३० बजेसम्म गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।ती प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको मात्रा बढेको देखिएको छ । यसैगरी, कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाले देशका विभिन्न भू–भागमा वर्षाको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ । पछिल्लो मौसम अवस्थाका आधारमा सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा