देवानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुग्यो, आठ घाइतेको उपचार जारी

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकले दिउँसो १ बजेर २४ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।

जयप्रकाशको पेटमा गोली लागेपछि आन्द्रासमेत बाहिर निस्किएको थियो। घटनाको भोलिपल्ट उनको शल्यक्रिया गरिएको थियो। तर अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि सोही घटनामा घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको पनि मृत्यु भएको थियो। उनलाई न्युरो अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले आइतबार राति मृत घोषणा गरेका थिए।
कप्तानगन्जमा दुई समुदायबीच देखिएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए।
घाइतेमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उपचाररत केही घाइतेको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

गोलीकाण्डमा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड, लुटपाट तथा आक्रमणका घटना समेत भएका थिए।
सुरक्षा अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। बुधबारदेखि सुरक्षा निकायको सक्रिय परिचालनपछि अवस्था विस्तारै सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

यद्यपि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु अझै जारी राखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यायिक आयोग गठन गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं,१४ साउन । उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न माग गरेको छ । पार्टीले

मधेश तनावः शीर्ष नेताहरू छलफलमा

मधेश,१४ साउन । मधेश मा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलतालाई ध्यानमा राख्दै मधेश केन्द्रित दलका शीर्ष नेताहरू आपत्कालीन छलफलमा जुटेका छन्।

सुनसरी–सिरहा घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कठमाडौं,१४ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।