मोरङ/ स्थानीय तहको निर्वाचनको मिती नजिकिँदै गर्दा बिभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले लोकप्रियता कमाउनकै लागि बिभिन्न घोषणा गर्न थालेका छन् ।
यस्तैमा पर्नुहुन्छ मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोपनि । उहाँले निर्वाचनको मिती नजिकिएका बेला आइतबारदेखि सरकारी सेवा सुविधा सबै फिर्ता गर्ने घोषणा गर्नुभएको छ । मोरङ्गको उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोले आइतबारदेखि सरकारी सेवा सुविधा सवै फिर्ता गर्नु भएको छ ।
उहाँले पार्टीका कार्यकर्ता, जनप्रतिनिधि, सर्वसाधारणलाई समेत राखेर पत्रकार सम्मेलन गर्दै चैत्र २० गते देखि सबै सेवा सुविधा नलिने प्रतिबद्धता जनाउनु भएको हो । आफूले चढ्दै आएको सवारी साधन समेत फिर्ता गरेर जनताले तिरेको करबाट सबै जनप्रतिनिधिहरुकोे मासिक ७ लाख रुपैया खर्च हुने गरेकाले सो बजेट जोगाउन आफूले यो निर्णय गरेको नगर प्रमुख फागोको भनाई छ ।
उहाँले सबै जनप्रतिनिधिहरुलाई आफूले खाईपाई आएको सबै सेवा सुविधा, तलवभत्ता, सवारी साधन फिर्ता गर्न निर्देशन समेत दिनु भएको छ । तर नगरप्रमुखको भन्दा फरक मत छ उपप्रमुख लक्ष्मी देवी भण्डारीको । उहाँले नगर प्रमुखप्रति कटाक्ष गर्दै नगर प्रमुखले कुनैं काम पनि नियम संगत नगरेको, एकलौटी मनोमानी ढंगले काम गर्ने गरेको, पाँच वर्षसम्म कार्य विधि बिनै काम चलाएको जस्ता आरोप लगाउनु भएको छ ।
अब बचेको ६ करोड ३२ लाख बजेट, चुनाव पछि आउने जनप्रतिनिधिबाट काम गर्ने बताउनु भयो । कार्यक्रममा उपस्थित अधिकांसले काम गर्न जिताएर पठाएका जनप्रतिनिधिहरु आफै जुहारी खेलेर समय विताएको भन्दै टिका टिप्पणी गरेका थिए ।