धर्मका नाममा विवाद र हिंसा स्वीकार्य छैन : अध्यक्ष अली

काठमाडौं,२१ साउन । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदाय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै क्षेत्रमा पछाडि परेको तथ्याङ्कले देखाएको भन्दै त्यसमा पनि मुस्लिम महिलाको अवस्था अझै पछाडि रहनु दुःखद भएको बताउनु भएको छ ।

उहाँले मुस्लिम महिलाको सशक्तीकरणलाई आयोगले विशेष प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा उनले उक्त धारणा व्यक्त गर्नु भयो।

उहाँले भन्नु भयो, ‘मुस्लिम र इस्लामको बारेमा भन्दा इस्लाम एउटा धर्म हो र त्यो धर्मलाई अवलम्बन गर्ने समुदाय मुस्लिम हो, यसमा अब सबैजना स्पष्ट हुनुभएको छ । खासगरी नेपालको जनसङ्ख्याको हिसाबले समग्रमा पछि छौँ । अझ त्यसमा पनि मुस्लिम समुदाय सरकारी तथ्याङ्क अनुसार चाहे त्यो आर्थिक क्षेत्रमा होस्, चाहे सामाजिक, सांस्कृतिक, राजनीतिक हरेक क्षेत्रमा पछि परेका छौं । त्यो तथ्याङ्कहरुले स्पष्ट पारेको छ । दुर्भाग्य, त्यसमध्ये मुस्लिम समुदायका महिलाहरु अझ पछाडि छन् ।’

मुस्लिम महिलालाई अगाडि बढाउन आयोगले विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले आयोगका अधिकांश कार्यक्रम महिला सहभागितालाई केन्द्रमा राखेर सञ्चालन गरिएको बताउनु भयो।

उहाँले भन्न्ुा भयो, ‘पछाडि परेका मुस्लिम महिलाहरुलाई अगाडि बढाउन आयोगले विशेष रुपबाट ध्यान दिएका छौँ । १२ वटा कार्यक्रममध्ये १० वटा कार्यक्रम महिला र पुरुषबाट समानरुपमा सहभागिता हुने किसिमले भइरहेका छन् भने मुस्लिम महिलाका लागि मात्र भनेर हामीले दुई वटा अलग–अलग कार्यक्रम पनि गरेका थियौँ । त्यस कार्यक्रमले राम्रो प्रभाव पारेको देखिन्छ ।’

चालु आर्थिक वर्षमा पनि मुस्लिम महिलाको नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भयो।

कार्यबाहक अध्यक्ष अलीले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न राज्यसँग आग्रह गर्नुभयो।

धर्मका नाममा कुनै पनि प्रकारको विवाद र हिंसा स्वीकार्य नहुने उहाँको भनाइ थियो।

उहाँले भन्नु भयो, ‘हामी नेपाली हौँ, छिमेकी हौँ, दाजुभाइ हौँ । हामीबीचमा यो धर्मको आडमा झै–झगडा गरिनुहुन्न । यो बेठिक हो भन्ने कुरालाई मुस्लिम आयोगले पहल गरिराखेको छ ।’

कुनै पनि धर्मले हिंसा र वैमनस्य सिकाउँदैन भन्दै केही व्यक्तिको गलत गतिविधिका कारण सम्पूर्ण समुदायलाई दोष दिन नहुने उहाँले बताउनु भयो।

बैठकमा समितिका सदस्यहरूले आयोगका कार्यक्रम, मुस्लिम समुदायको सामाजिक तथा आर्थिक अवस्था, महिला सशक्तीकरण र पछिल्ला साम्प्रदायिक घटनाका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको