साना हतियार

साना तथा अवैध हतियार स्थानीय निर्वाचनका लागि प्रमुख चुनौती बन्दै

सुनसरी/ विगतमा बरामद भएको तथ्यलाई केलाउँदा साना तथा अवैध हतियार स्थानीय निर्वाचनका लागि प्रमुख चुनौती हुने देखिएको छ ।

भारतसँग खुल्ला सीमा जोडिएको नेपालको झापा, सुनसरी र मोरङमा साना हतियार चुनौती बन्ने देखिएको छ । यसबीचमा गृह मन्त्रालयको निर्देशनमा जिल्लास्थित प्रशासनले हतियार बुझाउनका लागि सूचना जारी गरिसकेको छ । यो हतियार वैध रूपमा राखेकाहरूलाई सूचना जारी गरिएको हो ।

अवैध रूपमा रहेका हतियार भने यसबेला चलखेल हुने अनुमान प्रहरीको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । चुनावकै हिसाबले हेर्दा पनि सुनसरीमा ४४ वटा मतदानस्थल अति संवेदनशील क्षेत्रमा पर्छन् भने ८० वटा संवेदनशीलमा पर्छन् । सुनसरीका १ सय ६६ वटा मतदानस्थल छन् ।

४२ वटा मतदान केन्द्रलाई भने सामान्य अवस्थामा राखिएको छ । सुनसरी प्रहरीको तथ्याङ्क अनुसार २०७६/०७७ सालमा हातहतियार सम्बन्धी आठवटा मुद्दा दर्ता भएकोमा १५ जना पक्राउ परेका थिए भने सो क्रममा मेड इन युएसए लेखिएका तीनवटा पेस्तोल, इन्डियन पेस्तोल तीनवटा, कटुवा भरुवा तीनवटा, क्यानडा बन्दुक एउटा र २९ राउन्ड गोली बरामद गरेको थियो ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा हातहतियार सम्बन्धी जम्मा आठवटा मुद्दा दर्ता भएकोमा त्यसक्रममा १३ जना व्यक्ति पक्राउ परेका थिए । मेड ईन युएसए लेखिएको दुईवटा पेस्तोल, इन्डियन पेस्तोल एउटा, कटुवा पेस्तोल तीनवटा, भरुवा चारवटा, एयर गन एउटा, २७ राउन्ड गोली र एउटा म्याग्जिन बरामद गरेको प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै चालु आर्थिक वर्षको हालसम्म हात हतियार सम्बन्धी पाँच वटा मुद्दा दर्ता भएकोमा सो क्रममा नौ जनामाथि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।