"थप अनुसन्धान जारी"

१४ ग्राम ब्राउन सुगरसहित झापाबाट एकजना पक्राउ

 

 

झापा /

झापा। प्रहरीले १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्का रहेका छन् ।

खड्कालाई मंगलबार दिउँसो मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: