अनुसन्धान जारी

झापामा लागूऔषधसहित इलामका तीन युवा पक्राउ

झापा,३ भदौ । झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ रञ्जन अवाका अनुसार मंगलबार साँझ करिब ५ः२० बजे लागू औषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चोलुङटोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

 

इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीबाट कमलतर्फ आउँदै गरेको मे ११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तीन जनामाथि शंका लागेपछि प्रहरीले तलासी लिएको थियो । सो क्रममा उनीहरूको साथबाट लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका २४ वर्षीय निराज तामाङ, २० वर्षीय दिवान आड्ढेपा र ३१ वर्षीय कमल तामाङ रहेका छन् ।प्रहरीका अनुसार बरामद पदार्थको प्रारम्भिक तौल ११ ग्राम १५० मिलिग्राम रहेको छ । पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।लागू औषध नियन्त्रण तथा बिक्री–वितरणविरुद्धको अभियानअन्तर्गत पछिल्लो समय झापाका विभिन्न स्थानमा प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

भैरहवा ,३ भदौ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति

पदोन्नति भएका दुई सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं,३ भदौ । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह

५ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र ५ वर्ष थप

काठमाडौं,३ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई

झापामा लागूऔषधसहित इलामका तीन युवा पक्राउ

झापा,३ भदौ । झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

सूचनाको हकको २० वर्ष , पत्रकारमात्रको हक होइन सूचनाको हक

काठमाडौं,३ भदौ । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

काठमाडौं,३ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताउनु भएको