बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा सुरक्षाका लागि खटिएको नेपाली सेनाको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो।
एक महिनायता गाउँबस्तीमा प्रवेश गरी गोठमै बाँधिएका गाई, गोरु र बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका थिए। बाघ नियन्त्रणमा लिन १९ दिनसम्म खोजी गरिएको निकुञ्जका प्रमुख अशोकरामले बताउनु भयो।
उहाँका अनुसार क्यामेरा ट्रयापिङमार्फत बाघको गतिविधि पहिचान गरेपछि डार्ट गरी नियन्त्रणमा लिइएको हो। ‘चौपाया खान पल्किएको यो बाघले मानिसमाथि समेत आक्रमण गर्न सक्ने जोखिम थियो,’ उहाँले भन्नु भयो, ‘त्यसैले १९ दिनदेखि निरन्तर खोजी गरेर नियन्त्रणमा लिन सफल भएका हौँ।’
आहाराको अभावमा बाघ जंगलबाट बाहिर निस्केर गाउँबस्तीमा प्रवेश गर्ने, वस्तुभाउको शिकार गर्ने र मानिसमाथि समेत आक्रमण गर्न सक्ने अवस्था देखिएमा त्यस्ता बाघलाई समस्याग्रस्त बाघका रूपमा लिने गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार बर्दियामा पछिल्लो दुई वर्षमा मात्रै तीनवटा समस्याग्रस्त बाघ नियन्त्रणमा लिइएको छ। उनका अनुसार गत वर्ष दुई र यस वर्ष एक गरी तीन बाघ नियन्त्रणमा लिइएको हो।
यस्तै, पछिल्लो आठ वर्षमा बर्दियाबाट ६ वटा समस्याग्रस्त बाघ नियन्त्रणमा लिइसकिएको उहाँले बताउनु भयो।
नियन्त्रणमा लिइएका बाघमध्ये बर्दिया निकुञ्जको रम्मापुरमा तीनवटा र ठाकुरद्वारास्थित खोरमा दुईवटा बाघ रहेका छन्। करिब सात महिनाअघि प्राकृतिक कारणले रम्मापुरमा एउटा बाघको मृत्यु भएको थियो।
पछिल्लो बाघ गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेर ११२ पुगेको छ। सन् २०२२ को गणनामा बर्दियामा १२५ वटा बाघ रहेको तथ्यांक









