अनुसन्धान जारी

सर्लाहीमा १५ बोरा गाँजा बरामद, घरधनी फरार

सर्लाही,४ भदौ । सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको कोडैना गाउँपालिका–१ लक्ष्मीपुर स्थित बास घारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागू औषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो ।

 

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो । बरामद गाँजाको तौल करिब ३०० किलो रहेको छ ।प्रवक्ता गौतमका अनुसार गाँजा बरामद भए पनि घरधनी बिजन पटेल भने फरार छन् । उनको खोजी कार्य जारी रहेको र बरामद गाँजा कसको हो तथा कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा

वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी

दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले

नयाँ अलैँचीले बजार पाएसंगै किसान उत्साहित

ताप्लेजुङ,४ भदौ । कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि बजार मूल्य कामय रहेको छ । नयाँ अलैंची निस्कन थालेसंगै राम्रो बजार मूल्य पाउन

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ,४ भदौ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले