डोल्पामा सीमा क्षेत्रका करिब २०० बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण

डोल्पा,४ भदौ । जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको आवतजावतलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको हो । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई दैनिक आवश्यक काम, व्यापार–व्यवसाय तथा सामाजिक गतिविधिका लागि सीमावर्ती क्षेत्रमा आवतजावत गर्नुपर्ने भएकाले प्रवेश तथा प्रस्थानपत्र महत्वपूर्ण मानिन्छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा सीमा क्षेत्रका स्थानीय बासिन्दाको आवश्यक विवरण संकलन तथा प्रक्रिया पूरा गरी करिब २०० जनालाई प्रस्थान तथा प्रवेशपत्र उपलब्ध गराइएको हो । लामो दूरी र भौगोलिक कठिनाइका कारण जिल्ला सदरमुकामसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता रहेका स्थानीयका लागि गाउँमै सेवा उपलब्ध गराउँदा सहज भएको स्थानीयको भनाइ छ ।

डोल्पाको उत्तरी क्षेत्रमा चीनसँग जोडिएका सीमावर्ती बस्तीका नागरिकको जीवनयापन सीमापारि हुने आवतजावतसँग समेत जोडिएको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा रहेका नागरिकले दैनिक उपभोग्य सामग्री, व्यापारिक गतिविधि तथा आफन्तसँगको भेटघाटलगायतका कामका लागि नियमित रूपमा सीमावर्ती क्षेत्रसम्म पुग्नुपर्ने अवस्था रहँदै आएको छ ।

प्रस्थान तथा प्रवेशपत्र वितरणले सीमावर्ती क्षेत्रका नागरिकको आवतजावतलाई कानुनी तथा प्रशासनिक रूपमा व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तह र जिल्ला प्रशासनबीचको समन्वयबाट सेवा प्रवाहलाई नागरिकको पहुँचसम्म पु¥याउन सकिने उदाहरणका रूपमा समेत यस कार्यक्रमलाई हेरिएको छ ।

शे–फोक्सुण्डो गाउँपालिकाले सीमा क्षेत्रका नागरिकलाई आवश्यक प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन आगामी दिनमा पनि जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनका कर्मचारी तथा सम्बन्धित क्षेत्रका नागरिकको सहभागिता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने