बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ नैनसिंह महर

काठमाडौं ,४ भदौ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीले अघि सारेको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै पार्टी तथा समाज रूपान्तरणको अभियान अघि बढाउनुपर्ने बताउनु भएको छ ।

प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रममा बोल्दै महरले वैचारिक बहसलाई प्राज्ञिक क्षेत्रका विज्ञ तथा अग्रजहरूले नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले ‘स्कुल अफ डेमोक्रेसी’ जस्ता अभियानले मात्रै पार्टी र समाज रूपान्तरण सम्भव नहुने भन्दै वैचारिक बहसलाई व्यापक बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘स्कुल अफ डेमोक्रेसीको यो अभियानले मात्रै पार्टी र समाज रूपान्तरण सम्भव नहोला । तर, यो वैचारिक बहसको नेतृत्व प्राज्ञिक क्षेत्रका विद्वान् तथा आदरणीय अग्रजहरूले सम्हाल्नुभयो भने उहाँहरूको निर्देशन र विज्ञतालाई बोकेर हामी जनतामाझ जान सक्छौँ । त्यसबाट मात्रै २१औँ शताब्दीको नेपाललाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने नेपालका रूपमा अघि बढाउन सकिन्छ ।’

प्राज्ञिक क्षेत्रका विज्ञहरूको मार्गदर्शन र विशेषज्ञतालाई साथ लिएर जनतामाझ पुग्न सके मात्रै नेपाललाई २१औँ शताब्दीको विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने मुलुकका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो ।

महरले बदलिँदो समाज र विश्व परिवेशअनुसार राजनीतिक दलहरूले पनि आफ्ना सोच र व्यवहार परिवर्तन गर्नुपर्ने बताउनु भयो । नयाँ पुस्ताको सोच, आवश्यकता र जीवनशैली विगतको पुस्ताभन्दा फरक भइसकेकाले त्यसअनुसार राजनीतिक दृष्टिकोणसमेत विकसित गर्नुपर्ने उहाँले उल्लेख गर्नु भयो ।

नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको उल्लेख गर्दै महरले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गर्नु भयो ।

उहाँले भन्न्ुाभयो, ‘फेरिएको नेपाल र फेरिएको विश्वप्रति हाम्रो धारणा पनि त्यहीअनुसार विकसित गर्नुपर्छ । हिजो हाम्रा बाले हामीलाई जसरी व्यवहार गर्नुभयो, आज हाम्रा छोराछोरी र नातिनातिनालाई त्यसरी चलाउन सक्ने अवस्था छैन । त्यसैले नयाँ पुस्ताको सोच, आवश्यकता र बदलिँदो परिस्थितिअनुसार हाम्रो राजनीतिक दृष्टिकोण पनि परिवर्तन गर्नुपर्छ । अहिले सरकारप्रति जनतामा पनि असन्तुष्टि देखिएको छ, समाजका विभिन्न वर्ग सरकारका कामप्रति प्रश्न उठाइरहेका छन् ।’

‘सरकारको कामप्रति समाजका विभिन्न वर्गमा असन्तुष्टि देखिएको’ भन्दै उनले त्यस्ता असन्तुष्ट आवाजलाई एकीकृत गरेर अघि बढ्न सके प्रदीप गिरीको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको यात्रालाई सार्थक बनाउन सकिने बताउनु भयो ।

महरले प्रदीप गिरीको विचार र योगदानलाई स्मरण गर्दै उहाँको आदर्शलाई व्यवहारमा उतार्न सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपा संसदीय दलका नेता उद्धव थापा पार्टीबाट निष्कासित

काठमाडौँ , ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।बिहीबार बसेको

अख्तियार पूर्वकर्मचारीहरूको क्लब बन्यो, मर्यादा कमजोर हुँदै गयो : सांसद सिंह

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गर्नु भएको

वैदेशिक सहायतालाई बजेट र लेखापरीक्षणको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं,४ भदौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन

बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ नैनसिंह महर

काठमाडौं ,४ भदौ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीले अघि सारेको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै

प्रहरी कार्यालय घेराउ, जीतपुर सिमरा तनावग्रस्त

रौतहट,४ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।बालिकाको

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा