बाढी र पहिरोले देशभरका सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौं,५ भदौ । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ६ः३० बजेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ ।कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङ सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

 

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग तथा मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक तथा प्रतिबन्ध लगाइएको छ । काभ्रेमा बाढीको जोखिमलाई ध्यानमा राख्दै केही समय सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरतर्फ पनि रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । रसुवाकै पासाङल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरूपमा बन्द छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा समेत पहिरो तथा बाढीको जोखिमका कारण रातिदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

 

गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोरमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ भने मुस्ताङको बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ ।यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ ।प्रहरीले बाढी, पहिरो तथा प्रतिकूल मौसमका कारण जोखिम बढेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश