बालेनको मुस्ताङ भ्रमणबारे स्थानीय प्रशासन बेखबर

काठमाडौं,५ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आधिकारीक जानकारी प्राप्त नभएको पाइएको छ ।प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताउनु भयो ।

 

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे मिडियामार्फत जानकारी मात्र प्राप्त भएको तर अफिसमा आधिकारीक खबर नआएको बताउनु भयो ।त्यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे आधिकारीक जानकारी नआएको तर मिडियामार्फत थाहा पाएको जानकारी दिएको छ । सुरक्षा व्यवस्थाका सन्दर्भमा भने आफूहरुले आन्तरिक तयारी गरिरहेको प्रहरीको भनाइ छ ।

 

प्रधानमन्त्री बालेन यसपटक मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यसूची रहेको बताइएपनि आधिकारिक पुष्टि छैन् । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुले भने प्रधानमन्त्रीको दैनिक कार्यतालिकाबारे जानकारी दिन असहज मान्ने र फोन समेत नउठाउने गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर